एनआईसी एशियाका ग्राहकलाई कनेकट आईपीएसमार्फत डिजिटल किनमेल गर्ने यस्तो छ अवसर


२९ कार्तिक २०७७, शनिबार
nic asia and connect ips

काठमाडौं, २८ कार्तिक । तिहारमा अनलाइन किनमेल अनलाइन भुक्तानी माध्यमको प्रयोगलाई प्रोत्साहन गर्न एनसीएचएलले एनआईसी एशिया बैंकसँग सहकार्य गरी ‘कनेक्ट आईपीएस डिजिटल किनमेल’ अफर ल्याएको छ ।

यस अफरअन्तर्गत बैंकका ग्राहकहरुले ठूलो डटकम तथा कल्पामार्टबाट अनलाइन किनमेल री कनेक्ट आईपीएसमार्फत भुक्तानी गर्दा प्रति कारोबार १५५ (अधिकतम रु ५००) सम्मको छुट प्राप्त गर्न सक्नेछन् । यो अफर तिहारको समयलाई लक्षित गरी कार्तिक २७ देखि मंसिर १ सम्म लागू हुनेछ ।

बैंकका ग्राहकहरुले कनेक्ट आईपीएसमा एकपटक रजिष्टर गरी आफ्ना खाताहरु लिंक गरी बैंकबाट वा अनलाइनबाटै सेल्फ भेरिफाइ गराई सेवा सुचारु गर्न सक्दछन् ।

ग्राहकहरुले घरमै बसी सहज तरिकाले फण्ड ट्रान्सफर लगायतका अन्य भुक्तानीहरु खाताबाटै गर्न कनेक्ट आईपीएसको वेभसाइट, यसको मोबाइल एप, बैंक वित्तिय संस्थाको मोबाइल÷इन्टरनेट बैंकिङ्गमा रहेको कनेक्ट आईपीएस तथा विभिन्न क्रेडिटरहरुको वेभसाइटमा जोडिएको पेमेन्ट गेटवेलगायतका माध्यमहरुबाट प्रयोग गर्न सक्छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७