सिटिजन्स बैंकको चौधौं वार्षिक साधारण सभा मंसिरको २० गते हुँदै


११ मंसिर २०७७, बिहीबार
14 Shares
citizen bank3 1U2F3VdGfy

काठमाडौं, ११ मंसिर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चौधौं वार्षिक साधारण सभा मंसिर महिना २० गते (५ डिसेम्बर, २०२०)मा गर्ने भएको छ ।

कार्तिक २८ गते बसेको संचालक समितिको ३४७ औं बैठकले कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै बैंकले नवीन शैली प्रयोगमा ल्याउँदै डिजिटल प्लाटफर्म मार्फत चौधौं वार्षिक साधारण सभा गर्ने भएको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनी महानुभावहरुलाई ११ प्रतिशत लाभांश दिने भएको छ ।

संचालक समितिबाट प्रस्ताव गरे अनुसार ८ प्रतिशतका दरले हुन आउने रु. ७२ करोड ७१ लाख ८५ हजार तीन सय ८३ रुपैयाँ १८ पैसा बराबरको बोनस शेयर वितरण गर्ने र ३ प्रतिशतका दरले हुन आउने रु.२७ करोड २६ लाख ९४ हजार पाँच सय १८ रुपैयाँ ६९ पैसा बराबरको नगद लाभांश ९लाभांश कर समेत० बैंकको वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई वितरण गरिने कुरा बैंकले जानकारी दिएको छ ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७