यूनाइटेड इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेल नियुक्त


४ मंसिर २०७७, बिहीबार
7 Shares
upashana poudel

काठमाडौं, ३ मंसिर । यूनाइटेड इन्स्योरेन्स कम्पनीले निमित्त प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेल नियुक्त गरेको छ ।

इन्स्योरेन्सको कार्तिक २४ गतेबाट कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराइको करार अवधि समाप्त भएपछि नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत उपासना पौडेललाई कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत तोकिएको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

रमेशकुमार भट्टराईको करार अवधि समाप्त भएर बिदा भएपछि पौडेललाई ब्यवस्थापन प्रमुखको जिम्मेवारी दिइएको हो। भट्टराईको नेतृत्वमा कम्पनीले प्रथम त्रैमासिक (साउनदेखि असोज मसान्तसम्म) अघिल्लो वर्षको तुलनामा ४४ प्रतिशतले बीमा शुल्क आर्जन बढाएको छ।

नवनियुक्त कामु प्रमुख कार्यकारी अधिकृत पौडेल दिल्ली युनिभर्सिटीबाट एमबीए हुन्। उनीसँग भारतको आइसीआइसीआइ जनरल इन्स्योरेन्स कम्पनीमा काम गरेको अनुभव छ।

jagdamba.cement
rbbbb

उनी आइसीआइसीआइमा तीन वर्ष काम गरेर चर्चित टेलिकम कम्पनी भोडाफोनमा गएकी थिइन। त्यसपछि उनले अर्को एक इन्स्योरेन्स कम्पनीमा पनि काम गरेकी थिइन।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७