नेपाली क्रिकेट टोली मंगलबार हङकङ जाने


२३ आश्विन २०७४, सोमबार
nepali criket team नेपाली क्रिकेट टोली मंगलबार हङकङ जाने

काठमाडौं: आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको छैटौं चरण अन्तर्गत हङकङविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय टोली मंगलबार हङकङ जाने भएको छ ।टोलीलाई जितको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिसद राखेपका सदस्यसचिब केशव कुमार विष्टले विदाई गरेका थिए ।nepali criket team नेपाली क्रिकेट टोली मंगलबार हङकङ जाने

सदस्यसचिव विष्टले नेपाली टिमलाई जितको शुभकामना व्यक्त गरे । नेपालले छैठौ चरणको खेल अन्तर्गत हङकङसँग आगामी शुक्रबार र आइतबार प्रतिस्पर्धा गर्दैछ । च्याम्पियनसिपमा नेपाल छैटौ स्थानमा रहेको छ । नेपालले १० खेलबाट ४ खेलमा जित र ६ खेलमा पराजित हुदै ८ अंक जोडेको छ ।

यो पटक नेपाली टोलीमा दुई नयाँ अनुहार सुशील कँडेल र ललित भण्डारी आएका छन् । ओपनिङमा ज्ञानेन्द्र मल्ल र सागर पुन छन् भने शरद भेषावकर, दिपेन्द्र सिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, बसन्त रेग्मी, सोमपाल कामी, करण केसी र सन्दिप लामिछाने टिममा छ ।
भर्खर टिममा स्थान बनाएका ललितको बलिङ पनि राम्रो छ । प्रशिक्षक जगत टमाटाले राम्रो क्रिकेट खेल्ने र जितेर आउने आफूहरुको लक्ष्य रहेको बताए । कप्तान पारस र प्रशिक्षक टमाटा दुबै यो पटक तयारी राम्रो भएको बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७