माओवादी सरकारमा नजान सक्छ : नेता जम्मरकट्टेल


२९ माघ २०७४, सोमबार
rajendra shalikram

काठमाण्डौं, २९ : पार्टी एकताका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज फेरि ‘वान टु वान’ वार्ता जारी रहेका बेला माओवादीका एक शीर्ष नेताले भने पार्टी सरकारमा नजान सक्ने जनाउ दिएका छन् ।rajendra shalikram

माओवादी समेतको समर्थनमा एमाले संसदीय दलका नेता डोरमणि पौडेल प्रदेश–३ को मुख्यमन्त्री नियुक्त भएका छन् । पौडेलले सपथ पनि लिएका छन् । अब उनलार्य मन्त्रिपरिषद् गठन गर्ने बाटो खुलेको छ । तर प्रदेश सरकारमा माओवादी सहभागी नहुने संकेत देखाएको छ । सरकारमा सामेल हुनका लागि मन्त्रीहरुको नाम दिन नै मानेको छैन । माओवादीसँग नाम मागिएको छ । तर आएको छैन ।

माओवादी केन्द्र सरकारमा जान तयार छैन । माओवादी संसदीय दलका नेता शालिकराम जम्मरकटेट्टलले भने, ‘अहिलेसम्म पार्टीले केही भनेको छैन । कुनै नयाँ निर्णय नभए हामी सरकार गठनमा सहभागी हुँदैनौं ।’ उनले अघि भने, ‘हाम्रो जोड सरकार गठन अघि नै पार्टी एकताको ठोस खाका बन्नुपर्छ भन्ने हो ।’ यद्यपि कतिपयले भने रोजेको मन्त्रालय नपाएपछि माओवादी सरकारमा नजान खोजेको आरोप लगाएका छन् ।

माओवादीले प्रदेश–३ मा आन्तरिक मामिला तथा कानुन मन्त्रालय दाबी गरेको छ । तर, एमालेले केशव स्थापितलाई अघि सारेपछि समस्या देखिएको स्रोतको दाबी छ । संसदीय दलका नेता जम्मरकट्टेलले पनि यो मन्त्रालयमा आफ्नो दाबी रहेको स्वीकार गरे । तर, एमालेसँग मन्त्रालय बाँडफाँटमा कुनै विवाद नभएको उनले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७