प्रभु बैंकले ग्राहकहरुका लागि ल्यायो ईकेवाईसी सेवा


८ मंसिर २०७७, सोमबार
Prabhu Bank Rajbiraj Saptari Branch 1316844221

काठमाडौं, ८ मंसिर । प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै ईकेवाईसी सेवा सञ्चालनमा ल्याएको छ ।

प्रभु बैंकमा खाता खोली कारोबार गर्नुभएका सम्पूर्ण ग्राहकहरुले बैंकको वेबसाइट www.prabhubank.com मा लगइनगरी अनलाइन मार्फत केवाईसी अद्यावधिक गर्ने व्यवस्था मिलाइएको छ जसबाट सो प्रयोजनका लागि अब बैंकसम्म पुगिरहनु पर्ने बाध्यता पुर्णरुपमा हटेको छ ।

प्रभु बैंक लिमिटेडले सञ्चालनमा ल्याएको उक्त सेवा सुरक्षित एवं प्रभावकारी रहेको तथा केवाईसी सम्बन्धी सम्पूर्ण विवरणहरु यथा–समयमै अद्यावधिक गरी खाता नियमित सञ्चालन गर्न सहज हुनेछ र यसबाट ग्राहक महानुभावहरुले आफ्ना समय बचत तथा सदुपयोग गरी अत्याधिक लाभ उठाउनु हुनेछ भन्ने बैंकको विश्वास छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७