केन्द्रिय प्रहरी प्रवक्ताको जिम्मेवारी एसएसपी कुँवरलाई

काठमाडौं, १२ मंसिर । नेपाल प्रहरीको केन्द्रिय प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त कुँवरलाई दिइएको छ । प्रहरी महानिरीक्षको सचिवालयले बिहीबारबाट प्रहरी प्रवक्ताको जिम्मेवारी एसएसपी कुँवरलाई दिएको हो ।
यसअघि प्रवक्ता रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुवेर कडायतको भने सचिवालयबाट प्रहरी युक्त तालिम महाविद्यालय जर्गाह, नवलपरासी सरुवा भएको छ । नयाँ प्रवक्ताको जिम्मेवारीमा आएका कुँवरलाई मोबाइल नम्बर ९८५१२९२१११ मा सम्पर्क गर्न सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।