गुल्मीमा जीप पल्टिँदा पाँचको मृत्यु, तीन घाइते


१२ मंसिर २०७७, शुक्रबार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

गुल्मी, १२ मंसिर । गुल्मीको इस्मा गाउँपालिका–४ दोहलीमा आज (शुक्रबार) बिहान जीप पल्टिँदा पाँच जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् ।

दुर्घटनामा एक महिला र चार पुरुषको घटनास्थलमै मृत्यु भएको गुल्मीका प्रहरी प्रमुख एसपी प्रविणलाल श्रेष्ठले जानकारी दिएका छन् ।

इस्मा–४ दोहलीको हुल भन्ने ठाउँबाट तम्घासका लागि छुटेको लु १ ज ११६६ नम्बरको जीप बिहान साढे सात बजे दुर्घटनामा परेको र चालकलाई नियन्त्रणमा लिइको एसपी श्रेष्ठले जानकारी दिए । चालक सकुशल छन् ।

दुर्घटना इस्मा गाउँपालिका ४ का ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय वसन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी र गुल्मीकै मालिका गाउँपालिका ५ का ८० वर्षीया सुन्दरी थापाको मृत्यु भएको इस्मा प्रहरीचौकी इञ्चार्ज मोहनलाल अधिकारीले जानकारी दिएका छन् ।

दुर्घटनामा सोही ठाउँका १९ वर्षीय फर्सुराम थापा, २८ वर्षीय सरस्वति दर्लामी र जीपका सहचाक २५ वर्षीय कमल हितान घाइते भएका छन् । चालक बुद्ध बस्नेत भने सकुशल रहेको एसपी श्रेष्ठले जानकारी दिए । घाइतेहरुलाई उपचारको लागि गुल्मी अस्पताल लगिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७