कांग्रेस प्रदेशसभा सदस्यको दशैं भत्ता आविष्कार केन्द्रलाई हस्तान्तरण


१२ मंसिर २०७७, शुक्रबार
aabiskar kendra

काठमाडौं, १२ मंसिर । नेपाली कांग्रेसको तर्फबाट वाग्मती प्रदेशमा प्रतिनिधित्व गरेका दुई सदस्यले दशैं भत्तावापत पाउने रकम राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गरेका छन् ।

कांग्रेसको तर्फबाट वाग्मती प्रदेशमा प्रतिनिधित्व गरेकी रजनी अमात्य र विजया केसीले बिहीबार केन्द्रका सञ्चालक महावीर पुनलाई सो रकम हस्तान्तरण गरेका हुन् । उनीहरुले दशैं भत्तावापत पाउने रु ५२ हजार २०० का दरले दुई जनाको एकमुष्ट रु एक लाख चार हजार ४०० हस्तान्तरण गरे ।

कोरोना महामारीका कारण मुलुक आक्रान्त भइरहेको अवस्थामा दशैं भत्ता लिनु उपयुक्त नभएकाले मुलुकको विकासका लागि काम गरिरहेको आविष्कार केन्द्रलाई हस्तान्तरण गरिएको सदस्यद्वयको भनाइ छ । यसअघि कांग्रेस वाग्मती प्रदेशका प्रमुख सचेतक राधा घलेले आफ्नो दशैँ भत्तावापत पाउने रकम राष्ट्रिय अविष्कार केन्द्रलाई सहयोग गरिसकेकी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७