घाँटीमा टेलिफोनको तार बेरिएको अवस्थामा युवक मृत फेला


१२ मंसिर २०७७, शुक्रबार
death

कञ्चनपुर, १२ मंसिर । कञ्चनपुरको महेन्द्रनगरमा आज बिहान वेदकोट नगरपालिका–४ सुनार टोलका २५ वर्षीय कमल दमाईं मृतावस्थामा भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले दमाईंको शव घाँटीमा टेलिफोनको जस्तो तारमा बेरिएको अवस्थामा भेटिएको जानकारी दिए । मृतकका शरीरमा अन्य कुनै प्रकारको चोट नरहेको जनाइएको छ ।

कञ्चनपुर प्रहरीले दमाईंको हत्या गरिएको आशङ्कामा अनुसन्धानका लागि धनगढीबाट तालीमप्राप्त कुकुर समेत ल्याएर अनुसन्धान गरिरहेको छ । ‘मृतकका बुबाले दिएको प्रारम्भिक जानकारीअनुसार दमाईं गत असोजमा मजदूरी गर्न स्याङ्जा गएका थिए’, प्रहरी नायब उपरीक्षक थापाले भने, ‘विस्तृत अनुसन्धान हुँदैछ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७