दलहरुमा लोकतन्त्रको अभ्यास हुन सकेन : सभामुख सापकोटा


१२ मंसिर २०७७, शुक्रबार
aagni sapkota

काठमाडौं, १२ मंसिर । सभामुख अग्नि सापकोटाले नेपालका राजनीतिक दलहरुमा लोकतन्त्रको अभ्यास हुन नसकेको बताएका छन् ।

उनले कानुन निर्माणको सम्बन्धमा राजनीतिक दलहरुबीच प्रशिक्षणको पनि कमी रहेको औंल्याएका छन् । शुक्रबार संघीय संसद र प्रदेशसभा सञ्चालन अनुभव आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनमुखी विधेयक निर्माणमा विज्ञताको कमी अनुभूत भएको बताएका हुन् । प्रदेश र संघलाई एकाकार गरेर विधेयक बनाउन आवश्यक रहेको उनको भनाई छ ।

उनले भने, ‘जनमुखी विधेयकहरु बनाउनु पर्छ । प्रदेश र संघलाई एकाकार गरेर नै कानुन बनाउन आवश्यक छ । त्यसका लागि दलहरुमा प्रशिक्षणको कमी भएको छ । विज्ञको कमी छ । सांसदमा पनि त्यो विज्ञताको कमी देखिन्छ । त्यसकारण यसमा ध्यान दिनुपर्छ । पार्टीभित्र पनि लोकतन्त्रको राम्रो अभ्यास भएको अनुभूति भएको छैन । पार्टीबाट सांसदहरूलाई राम्रो प्रशिक्षण भएको छैन ।’

उनले संघीयताको औचित्य पुष्टि गर्ने दायित्व आफूहरुमा रहेको समेत बताएका छन् । राजावादीहरुको गतिविधितर्फ संकेत गर्दै सभामुख सापकोटाले भने, ‘संघीयताको अहिले राम्रो अभ्यास हुँदै गएको छ । संघीयता नेपाली जनतालाई महत्वपूर्ण हो । यसको औचित्य पुष्टि गर्ने हाम्रो दायित्व हो । जनतालाई परेको छ, संघीयता आवश्यक रहेछ ।’ स्थानीय सरकारको भूमिका पनि त्यही रुपमा देखापरेको सभामुख सापकोटाको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७