प्रचण्डको एक फोनले फेरिए जम्मरकट्टेल, मन्त्री बन्न तयार


२९ माघ २०७४, सोमबार
rajendra shalikram

हेटौंडा, २९ माघ : नेकपा माओवादी केन्द्र सरकारमा नजान सक्ने संकेत दिइरहेका माओवादी नेता शालिकराम जम्मरकट्टेल पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको एक फोनमै फेरिएका छन् ।rajendra shalikram

प्रदेश–३ को सरकारमा पार्टीबाट सहभागी हुने नेताको नाम दिन आनाकानी गरिरहेका जम्ममरकट्टेल प्रचण्डको फोनपछि सरकारमा सहभागी भएका छन् । पार्टी एकताबारे ठोस सहमति नभएको भन्दै माओवादीले नाम दिन मानेको थिएन । तर, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता भएपछि माओवादी अध्यक्ष प्रचण्डले उनलाई फोन गरेर सरकारमा सहभागी हुन निर्देशन दिएका छन् । जम्मरकट्टेलले भने, ‘सपथग्रहणमा जाने भन्ने टुंगियो । मन्त्रालय अझै प्रष्ट भएको छैन ।’

जम्मरकट्टेलले आन्तरिक मामिला तथा कानुन मन्त्रालय दाबी गर्दै आएका छन् । केन्द्रीय सरकारको गृह मन्त्रालयसरहको मानिने यस मन्त्रालय प्रदेशमा मुख्यमन्त्रीपछिको शक्तिशाली मन्त्रालय मानिन्छ । सोमबार विहान मात्र शपथ लिएका मुख्यमन्त्री डोरमणि पौडेल मन्त्रिपरिषद् गठनको तयारी छन् । उनले एमाले र माओवादीका एक÷एक मन्त्री नियुक्त गर्नेछन् । पौडेल निकट स्रोतका अनुसार एमाले प्रदेशसभा सांसद केशव स्थापित भौतिक पूर्वाधार मन्त्री बन्नेछन् । माओवादी संसदीय दलका नेता शालिकराम जम्मरकट्टेल पनि मन्त्री बन्ने भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७