सशस्त्र प्रहरीका बाहिनीपतिको सरुवा


१२ मंसिर २०७७, शुक्रबार
APF Headquater

काठमाडौं, १२ मंसिर । सशस्त्र प्रहरी बल नेपालका उपत्यका र विभिन्न जिल्लाका बाहिनीपतिको सरुवा गरिएको छ । बिहीबारको गृह मन्त्रीस्तरीय निर्णयानुसार नौ सशस्त्र प्रहरीका वरिष्ठ अधिकृतलाई बाहिनीपतिका रुपमा काज सरुवा गरिएको सशस्त्र प्रहरी बल नेपालले आज एक सूचना जारी गरी जनाएको छ ।

प्राप्त विवरणअनुसार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको कार्य तथा सीमा सुरक्षा विभागमा रहेका सशस्त्र प्रहरी नायब महानिरीक्षक तथा प्रवक्ता राजु अर्याललाई सशस्त्र प्रहरी बल नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय खटाइएको छ ।

यस्तै सशस्त्र प्रहरीको मानव स्रोत विभागका सशस्त्र प्रहरी नायब महानिरीक्षक नारायणदत्त पौडेललाई नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की, सप्रनाम चन्द्रप्रकाश गौतमलाई कार्य तथा सीमा सुरक्षा विभागबाट नं. २ छिन्नामस्ता बाहिनी मुख्यालय महोत्तरी पठाइएको छ ।

सप्रनाम कृष्णभक्त बज्राचार्यलाई छिन्नामस्ता बाहिनी मुख्यालय महोत्तरीबाट सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय कार्य तथा सीमा सुरक्षा विभाग र नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका हरिशङ्कर बुढाथोकीलाई पनि कार्य तथा सीमा सुरक्षा विभागमा सरुवा गरिएको छ ।

यस्तै सप्रनाम हरिश्चन्द्र अधिकारीलाई नं ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट मानव स्रोत विभागमा र सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक अभिकुमार खत्रीलाई नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौँबाट नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा निमित्त बाहिनीपतिका रुपमा सरुवा गरिएको सशस्त्र प्रहरीका प्रवक्ता राजु अर्यालले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७