ओलम्पियन दीपक विष्ट कोरोना सड्क्रमित


१३ मंसिर २०७७, शनिबार
Dipak Bista1

काठमाडौँ, १२ मंसिर । ओलम्पियन एवं तेक्वान्दो प्रक्षिक दीपक विष्ट कोरोना भाइरसबाट सड्क्रमित भएका छन्।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका पूर्वअध्यक्ष समेत रहनुभएका विष्टले आफू कोरोनाबाट सड्क्रमित भएको बिहीबार सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।

उनका परिवारका अन्य ६ सदस्यमा पनि सड्क्रमण देखिएको थियो। परिवारका अन्य सदस्य कोरोनाबाट मुक्त भइसकेको विष्टले जानकारी दिए।

सड्क्रमणबाट जोगिन शारीरिक दूरी कायम गर्न र मास्कको प्रयोग अनिवार्य रुपमा गर्न उनले आग्रह गरेका छन्।

कोरोना पुष्टि भएपछि विष्ट होम आइसोलेसनमा बसेका छन् । उनकी पत्नी एवं १३ औं दक्षिण एसियाली खेलकूद ९साग०मा तेक्वान्दोतर्फ दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्य पनि कोरोना सड्क्रमणबाट मुक्त भएकी छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७