रुकुम पश्चिममा जन्ती बोकेको जीप दुर्घटना : एकै गाउँका चारको मृत्यु, एक घाइते


१३ मंसिर २०७७, शनिबार
jeep accident

रुकुम, १३ मंसिर । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–८ मा जन्ती बोकेको जीप दुर्घटना हुँदा एकै गाउँका चार जनाको मृत्यु भएको छ ।

आठबसिकोट नगरपालिका–८ दाजे भन्ने ठाउँमा रा १ ज ५८९ नम्बरको जीप दुर्घटना हुँदा सोही वडाका चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी ठगबहादुर केसीले जानकारी दिए ।

शुक्रबार साँझ करिब ७ बजे आठबिसकोट नगरपालिका–८ दाजेबाट सोही नगरपालिका–१० घारीखोला फर्कने क्रममा जीप दुर्घटना भएको उनले बताए । दुर्घटनामा आठबिसकोट–८ का ५१ वर्षीय कलिभान नेपाली, ४८ वर्षीय आइते चनारा, ५१ वर्षीय गोरे नेपाली र ६६ वर्षीय सार्के नेपालीको मृत्यु भएको डिएसपी केसीले बताए ।

दुर्घटनामा सोही ठाउँका ५८ वर्षीय लालबहादुर नेपाली घाइते छन् । उनको अवस्था गम्भीर रहेको डिएसपी केसीले बताए । स्थानीयहरुका अनुसार जिप सडकबाट करिब एक सय मिटर तल खसेको थियो ।

दुर्घटनापछि जिप चालक सोही नगरपालिका–९ का २८ वर्षीय डिल्लीबहादुर नेपाली भने फरार रहेको प्रहरीको भनाइ छ । घटनाका विषयमा अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७