सन्दीप लामिछानेलाई कोरोना संक्रमण


१३ मंसिर २०७७, शनिबार
sandeep lamichhane

काठमाडौं, १३ मंसिर । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई कोरोना भाइरस संक्रमण भएको छ ।

शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत सन्दीपले आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । गत बुधबारबाट कोरोनाको लक्षण देखिएको बताउँदै सन्दीपले कोरोना भाइरस संक्रमण पुष्टि भएपछि आफू सेल्फ आइसोलेनमा बसेको बताएका छन् ।

आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र आफू चाँडै मैदान फर्कने सन्दीपले विश्वास लिएका छन् । यसअघि नेपाली क्रिकेटका कप्तान ज्ञानेन्द्र मल्ल समेत कोरोना संक्रमित भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७