हेलिकप्टरमार्फत गर्भवतीको उद्धार


१३ मंसिर २०७७, शनिबार
TakamKot helicopter

कालिकोट, १३ मंसिर । कालीकोट जिल्लाको पलाँता गाउँपालिकाबाट गर्भवती महिलाको स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि हेलिकप्टरमार्फत थप उपचारका लागि सुर्खेत लगिएको छ । पलाँता गाउँपालिका–७ पारौटीका ४० वर्षीया जयपुरा बमको स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत शुक्रबार बेलुका उद्धार गरिएको हो ।

गर्भवती रहेकी बमको सुत्केरी ब्यथा लागेपछि स्थानीय स्वास्थ्य चौकीमा आएको र पाठेघरको मुख खुले पनि शिशु जन्मिन नसकेका कारणले थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गरेर सुर्खेत लगिएको स्वास्थ्य केन्द्रका स्वास्थ्य शाखा प्रमुख हिमाल सन्ज्यालले बताए ।

बमको स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले उनलाई सुविधा सम्पन्न स्थानमा उपचारका लागि हेलिकप्टरबाट सुर्खेत अस्पतालमा लगिएको पलाँता गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विनोद न्यौपानेले बताए ।

‘बमको शरीरमा रगतको मात्रा कमी रहेको तथा स्वास्थ्य अवस्थासमेत कमजोर रहेको छ’, उनले भने, ‘पाठेघरमा जटिल समस्या देखिएका कारणले उद्धार गरी सुर्खेतस्थित प्रदेश अस्पताल थप उपचारका लागि लगिएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७