गण्डकीका यी ११ स्थानीय तह कोरोना व्यवस्थापनमा उत्कृष्ट


१३ मंसिर २०७७, शनिबार
5d8ec142f8128ccf1aaa7a3e2228a8ee w1000 h500 cp

पोखरा, १३ मंसिर । बागलुङ नगरपालिकासहित गण्डकी प्रदेशका ११ वटा स्थानीय तह कोरोना महामारीको व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने स्थानीय तहको सूचीमा परेका छन् ।

स्वास्थ्य निर्देशनालय पोखराले ११ जिल्लाबाट एकरएक स्थानीय तहलाई महामारी व्यवस्थापनमा उत्कृष्ट कार्य गर्नेको सूचीमा समावेश गरेको हो । भौतिक पूर्वाधार विकास मन्त्रालयले महामारी व्यवस्थापनमा उत्कृष्ट काम गर्ने स्थानीय तहको सूची माग गरेपछि विभिन्न कामको आधारमा ११ स्थानीय तह छनोट गरेर सूची तयार पारिएको स्वास्थ्य निर्देशनालयका शाखा अधिकृत नगेन्द्र पौडेलले बताए ।

उत्कृष्ट व्यवस्थापन गर्नेमा पर्वतको जलजला गाउँपालिका, कास्कीको पोखरा महानगरपालिका, म्याग्दीको मंगला गाउँपालिका, मुस्ताङको घरपझोङ गाउँपालिका, स्याङ्जाको पुतलीबजार नगरपालिका, तनहुँको देवघाट गाउँपालिका, लमजुङको सुन्दरबजार नगरपालिका, मनाङको चामे गाउँपालिका, गोरखाको आरुघाट गाउँपालिका र नवलपुरको देवचुली नगरपालिका छन् ।

महामारीको समयमा क्वारेन्टाइन व्यवस्थापन, संक्रमितको उपचार तथा उद्धार, महामारी रोक्नका लागि गरिएको प्रयासलगायतका सूचकको आधारमा उनीहरुको मूल्यांकन सदरमुकाममा रहेका स्वास्थ्य कार्यालयहरुले गरेका थिए । ‘मन्त्रालयले मागेपछि जिल्लाबाट तथ्यांक मागेका थियौँ, तिनै तथ्यांकको आधारमा उत्कृष्ट छनोट गरिएको हो’, पौडेलले भने । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७