बर्दिबासकी ६ वर्षीया बालिका बलात्कार–हत्या अभियुक्त अरुण साहविरुद्ध चार मुद्दा


१३ मंसिर २०७७, शनिबार
bardibash

महोत्तरी, १३ मंसिर । एक ६ वर्षीया बालिका बलात्कार–हत्या आरोपमा पक्राउ परेका महोत्तरी गौशाला– ५ का २६ वर्षका अरुणकुमार साहविरुद्ध प्रहरीले चार वटा मुद्दा दायर गरेको छ ।

महोत्तरीको बर्दिबास नगरपालिका–१४ शुभम् बस्तीकी ६ वर्षीया बालिका गुलाब्साको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका साहविरुद्ध अपहरण, बन्धक, जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दा दर्ता भएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन चापागाईले जानकारी दिए ।

गत आइतबार साँझदेखि बेपत्ता बालिका सोमबार मध्यराति बस्तीनजिकै मृत भेटिएकी थिइन् । हत्या गरेर बोरामा हालिएको अवस्थामा उनको शव भेटिएको थियो । घटनाबारे परिवारले नै जानकारी गराएपछि प्रहरीले साहलाई सोमबार नै पक्राउ गरेको थियो । हत्या स्वीकार गर्दै उनले घटनास्थल देखाएपछि प्रहरीले बालिकाको शव बरामद गरेको थियो ।

आफ्नो पसलमा चकलेट किन्न आएका बेला बालिकालाई आफूले बन्धक बनाएर करणी गरी हत्या गरेको उनले प्रहरीसमक्ष बयान दिएका थिए । घटनाविरुद्ध स्थानीयले अरुणको किराना पसल भएको तीनतले घरमा आगो नै लगाएका थिए । बालिका हत्याको विरोधमा महोत्तरीको बर्दिवासमा भएको प्रदर्शनमा प्रहरीको गोली लागि स्थानीय सञ्जय न्यौपानेको ज्यान गएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७