प्रख्यात साहित्यकार पाउलोलाई मन पर्‍यो दयाहाङ अभिनित ‘सेतो सूर्य’


१३ मंसिर २०७७, शनिबार
Paulo and S1606544069

काठमाडौं, १३ मंसिर । प्रख्यात साहित्यकार पाउलो कोएलोले नेपाली सिनेमा ‘सेतो सूर्य’ मन पराएका छन् । उनले यो कुरा ट्वीटमार्फत बताएका छन् । साहित्यकार बुद्धि सागरलाई मेन्सन गर्दै कोएलोले ‘सेतो सूर्य’ निकै उत्कृष्ट लागेको बताएका छन् ।

‘हिजो मैले हेरेको नेपाली चलचित्र सेतो सूर्य निकै उत्कृष्ट लाग्यो, यसका निर्देशकलाई भेटेको खण्डमा बधाई सुनाई दिनु,’ कोएलोले ट्वीटमा भनेका छन् ।

p

दीपक रौनियारले निर्देशन गरेको यो सिनेमा नेपाली चलचित्रबाट ओस्कारमा प्रतिस्पर्धाका लागि छनोट समेत भएको थियो । ‘सेतो सूर्य’ को द्वन्द्वकालीन परिवेशमा आधारित चलचित्र हो । यसमा दयाहाङ राई, रविन्द्रसिंह बाँनियाको मुख्य भूमिका छ । यो चलचित्रले विश्वका विभिन्न स्थानमा भएका चलचित्र महोत्सवमा अवार्ड प्राप्त गरेको थियो ।

साथै साहित्यकार कोएलोले आफूले नेप्लिज फिल्म भनेकोमा धेरैले टिप्पणी गरेको भन्दै नेपाली र नेप्लिज शब्दावलीमा आफूले तात्विक फरक नपाएको उल्लेख गरेका छन् । भाषा जानकार भीम रेग्मीलाई उद्दृत गर्दै उनले नेपाली र नेप्लिज श्ब्दावलीमा तात्विक फरक नपाएको उल्लेख गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७