पार्टी भविष्यकै लागि ‘निर्णायक’ मानिएको नेकपा सचिवालय बैठक बालुवाटारमा शुरु


१३ मंसिर २०७७, शनिबार
kp oli prachanda 20201128090155

काठमाडौं, १३ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा शुरु भएको छ । १० दिनपछि सचिवालय बैठक बालुवाटारमा बसेको हो । पार्टी विभाजनको अवस्थासम्म पुग्न सक्ने अनुमान गरिएको आजको वैठकलाई सबैले चासोका साथ हेरेका छन् ।

बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ प्रस्ताव पेस गर्दैछन् । गएको कात्तिक २८ कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्ताव पेस गरेका थिए । प्रचण्डको प्रस्तावमा उठाइएको प्रश्नहरुको जवाफ आजको बैठकमा ओलीले पेस गर्दैछन् ।

Meeting of CPN

प्रचण्डले पेस गरेको १९ पृष्ठको प्रतिवेदनप्रति असन्तुष्ट ओलीले त्यसको जवाफमा दिने भन्दै १० दिनको समय मागेका थिए । नेकपाको स्थायी कमिटी बैठक मंसिर १८ र केन्द्रीय कमिटी बैठक मंसिर २५ मा बोलाइएको छ ।

अध्यक्ष ओलीले कार्यकारी अध्यक्ष प्रचण्डको प्रतिवेदनको कसरी जवाफ दिने हुन् त्यसका आधारमा नेकपाको भावी दिशा तय हुने धेरैको आंकलन छ । आजको बैठकमा प्रधानमन्त्री ओलीको प्रस्तुति नै पार्टीका लागि एउटा निर्णायक मोड हुनसक्ने भनी यो बैठक निकै चासोपूर्वक हेरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७