विष्णु रिजाल भन्छन्, ‘माओवादीकै कारण लाभ लिएका एमाले नेताहरु आज उसैप्रति यति असहिष्णु !’


१३ मंसिर २०७७, शनिबार
Bishnu Rijal 768x544 1

काठमाडौं, १३ मंसिर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य विष्णु रिजालले पार्टीभित्रका माओवादी समूहप्रति ‘असहिष्णु’ एमालेजनको आलोचना गरेका छन् ।

पूर्व एमाले खेमाकै नेता रिजालले माओवादीसँग एकताकै कारण लाभ लिएका तत्कालीन एमालेका नेताहरू नै तत्कालीन माओवादीको विरोधमा उत्रिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

नेकपाका अन्तर्राष्ट्रिय विभाग उपप्रमुख समेत रहेका रिजालले शनिबार सामाजिक सञ्जालमार्फत तत्कालीन एमाले नेतालाई माओवादी बिनाको आफ्नो हैसियत याद गर्न चेतावनी दिएका छन् ।

‘माओवादीसँग एकता भएकै कारण एमालेका जो–जो नेताहरू व्यक्तिगत, पारिवारिक र राजनीतिक रूपमा लाभान्वित हुनुभएको छ, उहाँहरू नै साविक माओवादीप्रति कठोर र असहिष्णु हुनुको कारण बुझ्न सकिएन,’ रिजालले ट्वीटरमा लेखेका छन्, ‘०७० मा एक्लै लड्दा र ०७४ मा माओवादीसँग मिलेर लड्दा क–कसले हारे–जिते, परिणाम हेर्दा हैसियत थाहा भइहाल्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७