नेकपा सचिवालय वैठक सकियो, अर्को बैठक मंसिर १६ गते पार्टी कार्यालयमा बस्ने


१३ मंसिर २०७७, शनिबार
nekapa 1

काठमाडौं, १३ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । आज (शनिबार) को सचिवालय वैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले छु्ट्टै प्रस्ताव ल्याएका छन् ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले यसअघि कार्यकारी अधयक्ष प्रचण्डले ल्याएको प्रस्तावलाई जवाफ दिने गरी छुट्टै प्रस्ताव ल्याएका छन् ।

अब दुबै प्रतिवेदनमाथि छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् । दुबै प्रतिवेदन अध्ययन गरेर आगामी मंसिर १६ गतेका लागि अर्को बैठक तय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । अर्को बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्नेछ । आजको बैठकमा ओली, प्रचण्डसहित सचिवालयका चार नेताले आफ्नो धारणा राखेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७