ओलीको चुनौती : कि आरोप पुष्टि गर्नुस्, कि त एकता भङ्ग गर्ने धृष्टताको जवाफदेही बन्नुहोस्


१३ मंसिर २०७७, शनिबार
kp oli prachanda 20201128090155

काठमाडौं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफी प्रस्ताव पेस गरेका छन् । अर्का अध्यक्ष प्रचण्डले २८ कात्तिको सचिवालय बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनको जवाफी प्रतिवेदन अध्यक्ष ओलीले पेस गरेका हुन् ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको प्रतिवेदन पढ्नका लागि सचिवालय सदस्यहरुलाई वितरण गरिएको छ । प्रस्ताव अध्ययन गरी अर्को बैठक मंसिर १६ गते १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रतिवेदनमा प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डलाई आफूमाथिको आरोप पुष्टि गर्नका लागि चुनौती दिएका छन् । भनेका छन्,‘तपाईँलाई मेरो चुनौती छ– कि आरोप पुष्टि गर्नुस् र राज्यको कानुन तथा पार्टी विधान अनुसार मलाई कार्बाही गर्नुस्, कि त आफ्नै सहयोद्धामाथि निराधार आरोप लगाएर पार्टी एकता भङ्ग गर्ने धृष्टताको जवाफदेही बन्न तयार हुनुहोस् ।’

प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीति प्रस्तावलाई ‘अभियोगपत्र’ भनेका छन् । ओलीले भनेका छन्,‘तपाईंको यो ‘प्रस्ताव’ वस्तुतः कुनै राजनीतिक प्रस्ताव होइन, आफ्नै सहयोद्धा अध्यक्षमाथि लगाइएको ‘अभियोगपत्र’ हो र यसलाई अगाडि सारेर तपाईंले वस्तुतः पार्टी विभाजनको अनौपचारिक घोषणा गर्नुभएको छ ।’

प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डको प्रस्ताव रित समेत नपुगेको दाबी गरेका छन् । भनेका छन् ‘यो ‘प्रस्ताव’ बैठकमा छलफल या परामर्श गर्नका लागि रितसमेत नपुगेको, तपाईंको नितान्त व्यक्तिगत असन्तुष्टि, सीमाहिन कूण्ठा र निहित स्वार्थ लुकेको कृत्रिम आरोपको सँगालो मात्रै हो ।’

नेकपा सचिवालयमा अध्यक्ष ओलीको ५३ बुँदे जवाफी प्रस्ताव पेस (पूर्णपाठ)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७