ओली प्रचण्डको ३ घण्टे छलफल : यस्तो भयो सहमति


२९ माघ २०७४, सोमबार
Oli Dahal

काठमाण्डौं, २९ माघ : पार्टी एकता भड्किंदै गएपछि सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच तीन घण्टा ‘वान टु वान’ वार्तालाप भएको छ ।Oli Dahal

चितवनबाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड स्वयम्ले देशको अहित हुने अवस्था आए अर्को फड्को मार्ने अभिव्यक्ति दिएपछि वाम एकताप्रति प्रचण्ड भड्किएका हुन् कि भन्ने आशंकासहित ओली वार्ताका लागि जुटेको भए पनि सोमबारको वान टु वान वार्ता पनि वार्तामा नै सीमित बन्न पुग्यो । सोमबारको वार्तालाई दुबै पार्टीका नेता–कार्यकर्ता र सर्वसाधरणले निकै चासोका साथ हेरेको भए पनि वार्ता ‘हाती आयो, हाती आयो फुस्सा’ जस्तै बनेको छ । ओली–प्रचण्डको सोमबारको ३ घण्टे वार्ताले कुनै नयाँ निर्णय गर्ने अपेक्षा गरिरहेका सर्वसाधरण वार्ता कुनै निर्णय बिना नै सकिएको खबरले अचम्ममा परेका छन् । यस पटकको वार्ताले पनि पार्टी एकताका लागि कुनै निर्णय गर्न नसकेपछि सर्वसाधरणले ओली–प्रचण्डबीच थप असमझदारी बढेको हो कि ? भन्ने आशंका समेत गरेका छन् ।

यसअघि पनि ओली–प्रचण्डबीच पटक–पटक वार्ता भएको थियो । सोमबारको वार्ता पनि विगतको जस्तै निरास बनाउने खालको आएको छ । वार्तापछि दुवै पार्टीका अध्यक्षले छलफल सकारात्मक भएको बताए पनि अबको वार्ता कहिले गर्ने भन्ने समेत निचोड निकाल्न नसकेको पाइएको छ ।

उच्च राजनीतिक स्रोतका अनुसार सोमवारको बैठक सकारात्मक बनेको छ । सोमवारको बैठकमा अब दुवै पार्टीका अध्यक्षले आ–आफ्नो पार्टीमा थप परामर्श गरेर मंगलावर फेरि ‘वान टु वान’ वार्ता गर्ने सहमति बनेको दावी गरेका छन् । एकीकृत पार्टीको अध्यक्ष र प्रधानमन्त्रीको बाँडफाँडमा दुई दलवीच कुरा मिलेको छैन् । प्रचण्डले एउटाले पार्टी र अर्कोले सरकार हेर्ने गरी शक्ति बाँडफाँड गर्दा उचित हुने प्रस्ताव अगाडि सारेका छन् ।

तर, एमाले नेताहरुले भने ओली नै अध्यक्ष र प्रधानमन्त्री बन्नुपर्ने अडान लिएका छन् । यद्यपी एमालेभित्रै पनि उपाध्यक्ष बामदेव गौतमलगायतका नेताहरुले मध्यमार्गी बाटोको प्रस्ताव ल्याएका छन् । एमालेको आइतवार बसेको स्थायी समिति वैठकले फागुनभित्र पार्टी एकता पूरा गर्ने निर्णय गरेको थियो । एमालेले सरकार गठनलाई प्राथमिकता दिएको छ भने माओवादीले पार्टी एकतालाई । अझ अचम्म त के छ भने ‘वान टु वान’ वार्तामा भएका प्रगतिबारे नेताहरुले खुलाउने गरेका छैनन् ।

‘वान टू वान’ वार्तापछि नेताका सहयोगीले चाहिँ वार्ता सकरात्मक भएको बताउने गरेका छन् । गत असोज १७ बामगठबन्धन बनाउँदा एमाले र माओवादीले चुनाव लगत्तै एकता गर्ने बताएका थिए । तर, चुनावपछिको लामो समयसम्म एकताले आकार लिन सकेको छैन । चुनावछि अन्य काम भने बामगठबन्धन अनुसार नै गरेका छन् । एकताका लागि बेला बेला कार्यदल पनि बनाएर काम भएका छन् । एमाले नेता झलनाथ खनालको भनाईलाई मान्ने हो भने अव दुवै नेता अढाई–अढाइ बर्ष प्रधानमन्त्री हुने सहमति अनुसार पार्टी एकताको अन्तिम गृहकार्य भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७