प्रचण्डको प्रस्ताव खारेज गरौं, भदौ २६ को निर्णयमा फर्कौं : ओली


१३ मंसिर २०७७, शनिबार
kp oli prachanda 20201128090155

काठमाडौं, १३ मंसिर । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्षले पेस गरेको प्रस्ताव खारेज गरे पार्टीभित्र देखापरेका सबै विवादको समाधानका लागि भदौ २६ गते गरेको निर्णयमा फर्किन प्रस्ताव गरेका छन् ।

शनिबार दिउँसो बालुवाटारमा बसेको सचिवालय बैठकमा पेस गरिएको ३८ पृष्ठ लामो जवाफी प्रतिवेदनमा ओलीले सो प्रस्ताव गरेका हुन् ।

उनले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ल्याएको राजनीतिक प्रस्तावलाई अस्वीकार र खारेज गर्दै पार्टीमा बिग्रह ल्याउने सो प्रस्तावलाई सचिवालय बैठकबाट समेत खारेज गर्नुपर्ने पनि बताएका छन् । अध्यक्ष ओलीले भदौ २६ मा स्थायी समितिले गरेको निर्णयकै सहज अवस्थामा पार्टीलाई फर्काउन आग्रह गरेका हुन् ।

ओलीको प्रतिवेदनमा भनिएको छ, ‘मैले मेराविरुद्ध कमरेड पुष्पकमल दाहाल प्रचण्डले लगाउनु भएका आरोपहरुको खण्डन गरेको छु, तिनलाई अस्वीकार गरेको छु । म कमरेडहरुलाई आग्रह गर्न चाहन्छु, पाटीमा विग्रह निम्त्याउने कथित प्रस्ताव सचिवालय बैठकबाट खारेज गरौं र पार्टीलाई २०७७ भदौ २६ गते स्थायी कमिटीले निर्माण गरेको सहज अवस्थामा फर्काउन आश्वस्त पार्न चाहन्छु, म विचारमा, संगठनमा, आचरणमा र आदर्शमा कुनै विचलन आउन दिन्न। पार्टीका सबै कमरेडहरुलाई साथमा लिएर आन्दोलनको रक्षा र विकास गर्दै अगाडि बढ्न प्रतिवद्ध छ । म सबैको जिम्मा लिन तयार छु ।’

उनले भनेका छन्, ‘तीन महिनाभित्र सक्ने भनिएको संगठनात्मक एकीकरणको काम सम्पन्न गर्ने काममा केन्द्रित बनौं । विचार, विधि, संगठन र नेतृत्वको प्रश्नको समाधान यथाशीघ्र एकता महाधिवेशन आयोजना गरेर त्यसबाट खोजौं ।’
प्रतिवेदनको पूर्णपाठ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७