तेक्वान्दो ब्लाकबेल्ट ग्रेडिङ्ग सम्पन्न


१३ मंसिर २०७७, शनिबार
taekwondo 1

काठमाडौं, १३ मंसिर । सल्लाघारी तेक्वान्दो डोजाङ्गले शनिबार ब्ल्याकबेल्ट ग्रेडिङ्ग सम्पन्न गरेको छ ।

नेपाल तेक्वान्दो संघको वार्षिक तालिका अनुसार तेक्वान्दोका बरीष्ठ प्रशिक्षक टार्जन पादालुङको उपस्थितीमा ग्रेडिङ डोजाङ्गका प्रशिक्षक बशन्त लामाले ब्ल्याकबेल्ट ग्रेडिङ्ग प्रशिक्षण गराएका हुन् ।

उक्त कार्यक्रममा स्टेप ब्ल्याक बेल्टमा ७ जना, ब्ल्याक बेल्ट पहिलो डानमा ६ जना, ब्ल्याक बेल्ट दोश्रो डानमा ६ जना, र ब्ल्याक बेल्ट तेश्रो डानमा ३ जना सहभागी भएको कुरा डोजाङ्ग प्रमुख एवं राखेप प्रशिक्षक चुलाइ मुखियाले बताए ।

२०६० सालदेखि प्रशिक्षण शुरु गरेको यस डोजाङ्गले हालसम्म ३०० जना भन्दा बढी ब्ल्याक बेल्टका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गरिसकेको छ । हाल यस डोजाङ्गमा १५० भन्दा बढी खेलाडीहरुले नियमित प्रशिक्षण गर्दै आइरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७