पार्टीमा अन्तरविरोध हुन्छ, हल गरिन्छ, कसैले पार्टी फुटाउन खोज्छ भने त्यो ठिक होइन : माधव नेपाल


१३ मंसिर २०७७, शनिबार
Madhav Nepal ex PM scaled


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा अन्तरविरोध हुदैमा पार्टी नफुट्ने बताएका छन् । यदि अन्तरबिरोध भएकै आधारमा पार्टी फुटाउन खोजिए त्यो गलत हुने नेता नेपालको भनाई छ ।

शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकमा बोल्दै वरिष्ठ नेता नेपालले अहिलेको जारी अन्तरबिरोध पनि हल हुने बताए । नेता नेपालको भनाई उधृत गर्दै एक सचिवालय सदस्यले भने, ‘नेता नेपालको भनाई थियो, ‘यस्तो अन्तविरोध हुन्छ, यसलाई हल गरिन्छ । यसको आधारमा कसैले पार्टी फुटाउन खोज्छ भन्ने त्यो ठिक होइन ।’

वरिष्ठ नेता नेपालले नेकपा मालेमा हुँदा बैठकमा माइन्युट च्याताच्यात भएको प्रसंग निकालेका थिए । उनले सुनाएका थिए, ‘पार्टीमा यस्ता विवाद भईराखेकै हुन्छन् नि । नेकपा मालेमा माइन्युट च्याताच्यात भएको होइन रु राजीनामा फालाफाल भएको होइन ? बहुमत अल्पमत हुँदैनथ्यो ?

बरिष्ठ नेता नेपालले अहिले पार्टीमा देखिएको विवादलाई दुई अध्यक्षको विवादका रुपमा नलिई सामुहिक रुपमा यसको समाधान खोजिनुपर्ने बताए । ‘अन्तर्विरोध दुई अध्यक्षको वा दुई अध्यक्ष मिल्दा सबै मिल्ने भन्ने होईन । हामी कसैका एसम्यान हैनौं । छाप लगाउने मान्छे होइनौं,’ उनले भनेका थिए ।

नेता नेपालले बालुवाटारबाट नै गुटबन्दी भएको बताएका थिए । उनले सोधका थिए,‘बालुवाटार बसेर गरेको गुटबन्दीचाहिँ गुटबन्दी नहुने हामी भेट्दा गुटबन्दी हुने ? गुटबन्दीको परिभाषा चाहियो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७