दुई प्रस्तावपछि अबका विकल्प के ?


१४ मंसिर २०७७, आईतवार
kp oli prachanda 20201128090155

स्थायी कमिटी सदस्य प्रदीप ज्ञवाली– २६ भदौको निर्णयमा फर्किने नै सबैभन्दा उत्तम विकल्प

पहिलो कुरा, कमरेड प्रचण्डले एकतर्फी ढंगले प्रस्ताव प्रस्तुत गरेपछि अहिलेको संकट उत्पन्न भएको हो । समन्वय र संवाद गरेर सहमतिका साथ दुई अध्यक्षले साझा राजनीतिक प्रस्ताव ल्याएको भए राम्रो हुन्थ्यो र यो अवस्था आउँदैनथ्यो । तर, त्यसो हुन नसकेपछि अलग–अलग प्रस्ताव प्रस्तुत भएको अवस्था हो ।

Pradip Gyawali.jpg .2020 11 29

प्रधानमन्त्रीको प्रस्तावमा एकताका लागि विभिन्न विकल्प प्रस्तुत भएका कारण ती विकल्पमाथि टेकेर अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ । तीमध्ये सबैभन्दा मुख्य कुराचाहिँ २६ भदौको स्थायी समितिको निर्णयमा फर्किने विकल्प नै अहिलेका लागि सबैभन्दा उत्तम विकल्प हो भन्ने मलाई लागेको छ ।

स्थायी कमिटी सदस्य जनार्दन शर्मा– अब पार्टी विधिबाटै यसको समाधान होला

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीको प्रस्ताव पार्टी एकतालाई सुदृढ गर्ने तरिकाले आएन । यो प्रतिरक्षात्मक छ । पार्टीका योजना र नीति–कार्यक्रम छैनन् । प्रधानमन्त्री र पार्टी अध्यक्षको तहबाट समग्र योजनासहितको प्रस्ताव आएको भए राम्रो हुन्थ्यो ।

Janardan Sharma.jpg .2020 11 29

उहाँले प्रचण्डको प्रस्तावलाई पूरै अस्वीकार गर्नुभएको छ । आफूमाथि उठेका प्रश्नको वस्तुगत जवाफ भएन, प्रतिवाद मात्रै छ । एकले अर्काको प्रस्ताव अस्वीकार गरेपछि अब पार्टी विधिबाटै यसको समाधान होला । स्थायी कमिटी वा केन्द्रीय कमिटीले यसमाथि निर्णय लिन्छ होला ।

बेदुराम भुसाल : कमिटीमै छलफल गरेर टुंग्याउने बाहेकको विकल्प छैन
प्रधानमन्त्रीले प्रत्यारोपसहित प्रतिवेदन ल्याउनुभएकाले सहमतिको सम्भावना कम देखिन्छ । त्यसैले कमिटीले जे निर्णय गर्छ, त्यही मानेर जाने विकल्प मात्र बाँकी छ । आरोप–प्रत्यारोपमा चर्किएपछि सहमतिको सम्भावना कम छ । उहाँले भदौ २६ मा फर्किऔँ त भन्नुभो । तर, निर्णय कार्यान्वयनमा मेरो पनि गल्ती–कमजोरी रह्यो भन्ने स्वीकार गर्नु भएन । कमजोरी स्विकार्ने एक–दुई शब्द समेत छैन ।

Beduram Bhusal.jpg .2020 11 29

यदि आफ्नातर्फका कमजोरी पनि स्वीकार गरेको भए उहाँले भने जस्तो विकल्पमा जाने स्पेस बाँकी हुन्थ्यो । सरकार गठन र पुनर्गठनमा पार्टीको सरोकार रहन्छ भन्ने कुरा गरे पनि त्यो प्रधानमन्त्रीको विशेषाधिकारभित्र पर्ने कुरा आएको छ । अझै पनि आरोप–प्रत्यारोपको शृंखला जारी रहने सम्भावना देखिएकाले सहमतिको सम्भावना छैन ।

त्यसैले कमिटीमै छलफल गरेर टुंग्याउनेबाहेकको विकल्प छैन । छलफलका क्रममा कमिटीले दुवै अध्यक्षको प्रतिवेदन ठीक छैन, अर्को बनाउने भनेर कुनै नेताको नेतृत्वमा टिमलाई जिम्मा दिएर तेस्रो विकल्प रोज्ने कुराचाहिँ हुन सक्छ । त्यो टिममा दुई अध्यक्षले राखेको मान्छे त मान्य हुँदैन । दुवैतिर क्रिटिकल हुन सक्ने मान्छे राखेर उनीहरूले ल्याउने प्रस्ताव पास गरेर जाने विकल्पमा जान सकिन्छ । अन्यथा कमिटीले नै टुंगो लगाएर जानेबाहेक अरू विकल्प छैन । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७