अध्यक्ष प्रचण्डले भने, ‘ओलीमा अझै अहंकार र दम्भ कायम छ, विभिन्न हर्कत गर्दैछन्’


१४ मंसिर २०७७, आईतवार
prachanda1

काठमाडौं, १४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकमा आफ्नो दस्तावेज पेस गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहालले ओलीमा अझै अहंकार र दम्भ कायम रहेको बताएका छन् ।

उनले बैठकमै ओलीलाई पार्टी विभाजनको नाइकेका रुपमा चित्रित गरे । ओलीले दाहाल नै पार्टी विखण्डनको दिशातर्फ उन्मुख भएको निचोडसहितको प्रस्ताव पेस गरेपछि दाहालले आफूले अहिलेसम्म त्याग गर्दै आएको र ओलीले पार्टी विभाजनका लागि विभिन्न हर्कत गरेर जनतालाइै धोका दिएको आक्षेप लगाए ।

‘तपाईमा गल्ती सच्याउने तत्परता छैन, यो दस्तावेजमा पनि अहंकार र दम्भ छ’, दाहालले बैठकमा भने, ‘मिल्न खोजे जस्तो छैन ।’

दाहालले गत बर्ष केन्द्रिय कमिटि बैठकपछि राजधानीको पशुपति भिजन कम्प्लेक्समा ओली पक्षका ब्यक्तिहरु बसेर एमाले ब्युँत्याउने प्रयास गरेको र त्यही पृष्ठभूमिका आधारमा दल विभाजन गर्ने अध्यादेश ल्याएको आरोप लगाए ।

ओलीले दाहालको प्रस्तावमाथि जवाफी प्रस्ताव पेस गरेपछि अब यी दुवै प्रतावमाथि आउँदो सचिवालय बैठकमा नेताहरुबीच छलफल हुनेछ । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७