बैठक र विचार राख्न राेक्ने अधिकार कुनै अध्यक्षलाई छैन : बामदेव गौतम

‘बैठक बस्न हुन्न भन्ने विचारलाई महासचिवले साथ दिनु हुन्न’


१४ मंसिर २०७७, आईतवार
bamdev

काठमाडौं, १४ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले पार्टीको विधान बमोजिम बैठक बैठक वस्न नदिने र विचार राख्न र अवरोध गर्ने अधिकार कुनै अध्यक्षलाई नभएको बताएका छन् ।

पार्टीको संगठन विभाग प्रमुख समेत रहेका गौतमले आइतबार विहान आफ्नो धारणा सार्वजनिक गर्दै बैठक बस्दा दुबै अध्यक्षको सहमति हुनुपर्छ भन्नु कुनै अध्यक्षले नपाउने बताएका हुन् । उनले भनेका छन्, ‘पार्टी विधानमा आवश्यकता बमोजिम बैठक बस्ने भन्ने व्यवस्था भएका कमिटीहरुका एक जना सदस्यले औचित्य पुष्टि हुने गरी वैठक वस्न माग गरेमा मात्र पनि महासचिवले अध्यक्षसँंग परामर्श गरी बैठक बोलाउनु पर्छ ।’

उनले पार्टी महासचिब विष्णु पौडेलतर्फ इङ्गित गर्दै भनेका छन्, ‘यस्ता व्यवस्थापनसँग सम्बन्धित विषयमा पनि विवेक पुर्‍याउन नसक्नेलाई के भन्नु ? यति व्यवस्था मिलाउन नसक्दा पार्टीमा यति ठूलो समस्या पैदा भयो । बैठक बस्न हुन्न भन्ने विचारलाई महासचिवले साथ दिनुहुन्न ।’

उनले हिजो (शनिबार) को सचिवालय बैठकमा आफूलाई लागेको कुरा खुला–खुलस्त, बिना लप्पन–छप्पन, मौखिक–लिखित रुपमा विचार राख्नु हुने दुवै अध्यक्षलाई धन्यवाद पनि ब्यक्त गरेका छन् ।

उपाध्यक्ष गौतमले पार्टी बाहिर छरिएका हाम्रा विचारहरु पार्टीमा भित्रिएकाले अब चाहेमा समस्या समाधान गर्न सकिने धारणा पनि राखेका छन् ।

उनले आफ्नो धारणा पत्रमा भनेका छन्, ‘पार्टीको जीवन कमिटीका बैठकहरुमा हुन्छ र बैठकहरुको जीवन छलफलमा हुन्छ । यस्तो गर्न छोडेको दिनदेखि नै पार्टी जीवन समाप्त हुन्छ । बैठक वस्न छलफल गर्न शुरु गर्दा साथ पार्टीको पुनर्जीवन शुरु भइहाल्छ । यो वैठक वस्ने वातावरण बनाउन जो–जसले मिहेनत गर्नुभयो उहाँहरुलाई धन्यवाद छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७