वीरगन्जमा जल्यो उपेन्द्र यादवको पुत्ला


२९ माघ २०७४, सोमबार
download 2

वीरगञ्ज, २९ माघ : हिन्दूवादी संगठनले धर्मको नारा दिएर वीरगञ्जमा संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको सोमबार पुत्ला जलाएका छन् ।download 2

विश्व हिन्दू परिषद अंकित ब्यानर र गेरुवा रङ्गको झण्डासहित वीरगञ्जको घण्टाघर चोकमा पुगेका करीब ३०–३५ जना हिन्दूवादीहरुले धर्मको नारा लगाउँदै फोरम नेपालका अध्यक्ष यादवको पुत्ला जलाएपछि आलोचना भएको छ । भने केहि समय स्थिति तनावपूर्ण बन्यो । प्रदर्शनकारीहरुले हिन्दूविरोधी उपेन्द्र यादव मुर्दावाद, मुस्लिमलाई मुख्यमन्त्री बनाउन पाइँदैन जस्ता नारा लगाएर प्रदर्शन गरेका थिए । फोरम नेपाल र उसका अध्यक्ष उपेन्द्र यादवले प्रदेश नम्बर २ को मुख्यमन्त्री मुस्लिम धर्मका व्यक्तिलाई बनाउन लागेको भन्दै विश्व हिन्दू परिषदले यादवको पुत्ला जलाएको प्रदर्शनमा सहभागी अजय कुमार कानुले बताएका छन् ।

फोरम नेपालले प्रदेश नम्बर २ को संसदीय दलको नेतामा पार्टीका राष्ट्रिय उपाध्यक्ष एवम् प्रदेश सांसद लालबाबु राउत गद्धीलाई चयन गरिसकेको छ । लालबाबु वीरगञ्जकै स्थायीबासिन्दा हुन् । उनी, पर्साको क्षेत्र नम्बर १ ख बाट प्रदेशसभा सांसदमा निर्वाचित भएका थिए । पुत्ला दहनको अगुवाइ गरेका विश्व हिन्दू परिषदको प्रदेश नम्बर २ का अगुवा ज्योतिलाल कलवारले प्रदेश नम्बर २ मा बहुसंख्यक हिन्दूमाथि कुठाराघात गर्दै फोरम नेपाल र यादवले मुस्लिम धर्मका मानिसलाई मुख्यमन्त्री बनाउने निर्णय गरेकाले विरोध प्रदर्शन गरिएको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७