थप १,२५५ जनामा कोरोना संक्रमण, १,४०४ निको, २५ को मृत्यु

आज उपत्यकामा थपिए ५४८ संक्रमित, देशभर सक्रिय संक्रमित संख्या १७,९०९ पुग्यो


१४ मंसिर २०७७, आईतवार
korona

काठमाडौं, १४ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा १,२५५ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १,४०४ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख १२ हजार ५९० पुगेको छ । आज ८ हजार ८ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

आज देशभर १७ हजार ९०९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म एक हजार ४७९ जना संक्रमितको मृत्यु भइसकेको छ ।

काठमाडौं उपत्यकामा ५४८ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३७९ महिला र ४४३ महिला गरी ५४८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै उपत्यकामा संक्रमितको संख्या एक लाख ७ हजार ५९६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४२२, ललितपुरमा ६१ र भक्तपुरमा ६५ जनालाई कोरोना संक्रमण देखिएको छ । उपत्यकामा थपिएका ५४८ संक्रमितहरु आज (आइतबार) देशभर थपिएका १,२५५ संक्रमितमध्येका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७