प्रधानमन्त्री ओलीसँग चिनियाँ रक्षामन्त्रीको शिष्टाचार भेट


१४ मंसिर २०७७, आईतवार
kp sharma oli and chinese difense minister 2

काठमाडौं, १४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेबीच शिष्टाचार भेटवार्ता भएको छ ।

kp sharma oli and chinese difense minister

आइतबार नेपाल भ्रमणमा आएका फेङ्हेले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् । हाल रक्षामन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री ओलीले नै लिएका छन् ।

kp sharma oli and chinese difense minister 1

प्रधानमन्त्रीसँग भेट गर्नुअघि फेङ्हेले नेपाली सेनाको जंगीअड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका थिए । उनले आइतबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट्ने कार्यक्रम छ । उनी सोमबार स्वदेश फर्किने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७