‘जित्ने बेखबर भए, मैले हारेपनि जनताको सेवा गरे’


२३ आश्विन २०७४, सोमबार
AL sawa limbu एलपी साँवा लिम्बू 1

संविधानसभाको दोस्रो निर्वाचनमा झापा जिल्लाको क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका एलपी साँवा लिम्बू नेपाली काँग्रेसका उम्मेदवारसँग झिनो मत अन्तरले पराजित बनेका थिए । निर्वाचन जितेपछि काँग्रेस सांसद्लाई जनताले त्यति देख्न पाएनन् । उनी राजधानीमै केन्द्रित रहे । तर, निर्वाचन हारेका साँवा भने जनताको घरदैलोमा निरन्तर पुगिरहे । त्यसैको परिणाम स्वरूप झापाको पार्टी नेतृत्वले उनलाई सर्वसम्मत रूपमा संसदीय निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार चयन गर्‍यो । अहिल साँवा चुनावी प्रचार अभियानमा छन् । उनीसँग मुलुकको पछिल्लो राजनीति, बाम तालमेल, उनको उम्मेदवारी, जितका आधारलगायतका विषयमा केन्द्रित भएर नयाँपेज डटकमले गरेको कुराकानीः

AL sawa limbu एलपी साँवा लिम्बू
बाम तालमेलको प्रभाव झापा जिल्लामा कस्तो छ ?
अहिले देशभरि नै बाम तामलेलले उत्साह ल्याएको छ । यो तालमेलसँगै मुलुकको समृद्धिका लागि भोलिका दिनमा नेतृत्व गर्ने पार्टी नेकपा (एमाले) हो र एमालेकै नेतृत्वमा बाम एकता वा तालमेल सम्भव भएको छ भन्ने सन्देश राम्रोसँग गएको छ ।
हामीले लामो कालखण्ड प्रजातान्त्रिक हकअधिकार प्राप्ति र लडाइँका लागि गुजारेका छौँ। अब प्रजातान्त्रिक हकअधिकार प्राप्ति र लडाइँका लागि नभई समृद्ध नेपाल निर्माण गर्ने कामका लागि राजनीतिक नेतृत्वले अगुवाई गर्नुपर्ने भएको छ । त्यसैले अब एउटा ठुलो वा प्रमुख पार्टी बन्नु मात्र ठुलो कुरा बनेन् । राज्यको नेतृत्व गर्न सक्ने ठाउँमा पुग्नलाई आवश्यक सङ्ख्या पनि आवश्यक छ । नेपालको सबै ठुलो पार्टीका रूपमा एमाले स्थापित भैसकेको छ । तर, यो पुग्दो भएन । सरकार निर्माणका लागि आवश्यक सङ्ख्या पनि आवश्यक छ भन्नका लागि यो तालमेल हो । हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्दा उहाँले देशलाई कसरी दिशानिर्देश गर्नुभयो । अहिले नेपाली जनता त्यही प्राप्त गर्ने व्यग्र प्रतीक्षामा छन् । झापाली जनता पनि त्यसबाट टाढा रहने कुरा भएन । उनीहरू पनि त्यसको प्रतीक्षामा छन् ।

झापा जिल्ला र समग्र मेची अञ्चलको इतिहास हेर्ने हो भने बहुदल प्राप्तिपछि मेची अञ्चल नै लालकिल्ला भएको थियो । यो बाम तालमेलसँग अहिले त्यहाँका जनताले यो अपेक्षा गरेका होलान् नि ?

झापा जिल्लाको स्थानीय निर्वाचनको परिणामलाई हेर्ने हो भने जनमतको हिसाबले एमाले सबै भन्दा ठुलो पार्टी हो । केही ठाउँमा आफ्नै कारणले पराजित भए पनि एमाले अहिले झापामा एमाले ठुलो शक्तिका रूपमा उदायको छ । बाम तालमेलपछि हामी अन्य दलभन्दा धेरै माथि छौँ । विगतमा लालकिल्ला बनाएको इतिहास फेरि हामीले फर्काउने सम्भावना जीवित छ । अहिले त्यो परिस्थिति विकास भएको छ । अहिले झापाली जनता, हाम्रो नेतृत्व, त्यहाँका कार्यकर्ता एक ढिक्का भएर लालकिल्ला बनाउने गरी लागेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा पाँच वटै निर्वाचन क्षेत्रमा पाँच जना उम्मेदवार चयन गरेको छ । यसले पनि निर्वाचन जित्न सहज छ भन्ने चर्चा छ नि ?
यो सत्य हो । हामीले धेरै ठाउँमा छलफल गर्‍यौँ । बैठक बस्यौँ । त्यहाँ हामीले कुनै पनि निर्वाचन क्षेत्रमा दुई भन्दा बढी उम्मेदवार छनोट गरेर पठायौँ भने त्यहाँ गुटबन्धी सिर्जना हुन्छ भन्ने ठहर गर्‍यौँ । विगतको अनुभवले पनि त्यही देखायो । गुटबन्धीले एकता कमजोर हुने देखिएपछि झापा जिल्लाका सबै निर्वाचन क्षेत्रबाट हामी माथि उठ्नुपर्छ, आफूभित्रकै लडाइँले शक्ति कमजोर बनाउनु हुँदैन । त्यो शक्ति जनमत सिर्जना गर्न लगाउनु पर्छ भनेर हामीले सर्वसम्मत उम्मेदवार छनोट गरेको हो । यो कुरा अरू जिल्लाले पनि सिक्नुपर्छ । यसले त्यहाँ एमालेलाई जित हात पार्न सहज छ ।

एलपी साँवासँग के अपेक्ष गरेर त्यहाँको पार्टी सर्वसम्मत उम्मेदवार बनायो ?
गतमा पनि निर्वाचन भए । कोही विजयी र कोही पराजित भए । कुनै दलबाट चुनाव जितेपछि निर्वाचन क्षेत्रमा नजाने तर कुनै दलबाट चुनाव हारेपछि त्यहीँका जनतासँग सिरानी लगाएर सुतिहाल्ने । ०७० सालको निर्वाचनमा थोरै मतअन्तरले पराजित भएँ । मलाई चुनाव जितेपछि वा हारेपछि निर्वाचन क्षेत्रमा नफर्किने हो कि भन्ने सबै भन्दा बढी प्रश्न थिए । मैले त्यसैबेला चुनाव जितेपनि हारेपनि म जहिल्यै तपाईँहरूको साथमा रहने छु भनेको थिएँ । मैले जनतासँग गरेको प्रतिज्ञा पाँच वर्षसम्म निरन्तरता दिएँ । विकास निर्माणका काममा ध्यान दिएँ । सडक, शिक्षा, संस्कृति, युवा वेरोजगार, नदी कटान जस्ता जनप्रतिनिधिले गर्ने काममा मैले निरन्तर काम गरे । यसैको परिणाम स्वरुपम मलाई पार्टीले विश्वास गर्‍यो ।

तपाईँका चुनावी एजेण्डा ?
समृद्ध नेपाल निर्माणको खाका एमालेले तयार गरेको छ । यसलाई घोषणापत्रमा उतार्न बाँकी छ । म त्यो घोषणापत्र बोकर जान्छु । त्यसैसँगै स्थानीय तहमा गर्ने कामको पनि लिपीबद्ध हुँदैछ । त्यो सबै लिएर म जनताको घरदैलोमा जानेछु । त्यही कामले एलपी साँवालाई जनप्रतिनिधि चुन्न जनता तयार छन् ।

अन्तरघातले समस्या हुने गरेको छ । तपाईँको क्षेत्रमा कस्तो अवस्था छ ?
हाम्रो पार्टीमा कार्यकर्ता धेरै हुनुहुन्छ । तर, अवसर निकै कम छ । त्यसले गर्दा पनि अन्तर्रघात अहिले पार्टीको अभिन्न अङ्ग जस्तो बनेको छ । यो झापामा मात्र होइन देशैभरि छ । त्यसलाई व्यवस्थापन गर्न हामी निरन्तर लागेका छौँ । तर, दुःखका साथ भन्नुपर्छ । लोकतान्त्रिक विधि र प्रक्रियामा हामी छिर्दा यसलाई केही स्वाभाविक रूपमा पनि लिनुपर्ने हुने रहेछ । अन्तर्रघात संस्थागत जस्तो भैसक्यो । अब आउने चुनाव अन्तर्रघात रहित होला भन्न सकिन्न । तर, त्यसलाई कम गरेर भने जानुपर्छ । अति अन्तर्रघात हुने भन्दा बढी अन्य दलबाट हामीले एमालेमा तान्नुपर्छ ।

भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७