नृसिंह अवतार नृत्य {भिडियो}


१४ मंसिर २०७७, आईतवार
nitrising abtar dance

काठमाडौं, १४ मंसिर । हरेक वर्ष कार्तिक शुक्लपक्ष त्रयोदशी तिथिमा मनाइँदै आएको कार्तिक नाचअन्तर्गएकोको नृसिंह अवतार नृत्य मञ्चन गरेर यस वर्षको कार्तिक नाच सम्पन्न गरिएको छ ।

गएको वर्ष १२ दिन प्रदर्शन गरिएको उक्त नाच यस वर्ष भने विश्वव्यापी कोरोना महामारीका कारण शुक्रबार राती र शनिबार राती दुई दिन मात्र प्रदर्शन गरिएको हो ।

विष्णुपुराणमा आधारित कथानुसार हिरण्यकशपुको बध गरेपछि अप्सराहरुले नृसिंहको क्रोध शान्त्त पार्छन् । त्यसपछि नृसिंहको पूजा गरेर नृत्य समापन गरिएको हो ।

विसं १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ त्यस नाच चलाएका थिए । यो नाच विश्वकै सबैभन्दा लामो भएको कार्तिक नाच संरक्षण समितिले जनाएको छ ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७