यसरी बित्यो काठमाडौँमा चिनियाँ रक्षामन्त्री वेइको एक दिन


१४ मंसिर २०७७, आईतवार
Pro Ktm Tia chinesedefenceministerweifenghe8 scaled
g]kfnsf nflu rLgsf /fhb”t xp ofG5Lnufot sf7df8f}F, !$ dlª;/ M rLgsf] /fHokl/ifb ;b:o tyf /IffdGqL j]O km]ªx] g]kfnsf] e|d0fsf qmddf lqe’jg cGt//fli6«o ljdfg:ynaf6 aflxl/g’ x”Fb} . t:jL/ M k|bLk/fh jGt÷ /f;;

काठमाडौँ । चिनियाँ स्टेट काउन्सिलर एवं रक्षामन्त्री वेइ फेङ्हे एकदिने भ्रमणको व्यस्त तालिका लिएर आइतबार काठमाडौं उत्रिए । रक्षामन्त्री वेई २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट आइतबार बिहान पौने ११ बजेतिर काठमाडौँ उत्रिएका थिए ।

नेपाल–चीन सम्बन्धको ६५औं वर्षगाँठका अवसरमा नेपाल आएका हुन् । रक्षामन्त्री वेइलाई गृहमन्त्री रामबहादुर थापा, रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे, नेपाली सेनाका रथी प्रभुराम शर्मा, नेपालका लागि चीनका राजदूत हउ यान्छी, परराष्ट्र मन्त्रालयका सहसचिव कालिप्रसाद पोखरेललगायतले स्वागत गरे । रक्षा मन्त्री वेई विमानस्थलबाट सिधै बालुवाटारस्थित चिनियाँ राजदूतावास गए । दूतावासमा केहीबेर बसेपछि रक्षामन्त्री वेई दिउँसो नेपाली सेनाको मुख्यालख पुगेका थिए ।

वेईलाई नेपाली सेनाको एक टुकडीले सैनिक मुख्यालय जंगी अड्डामा सम्मान गारद (गार्ड अफ अनर) प्रदान गरेको थियो । यसपछि वेईले प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।

जंगी अड्डाको भेटघाट सकिएपछि वेई प्रधानमन्त्री निवास बालुवाटारमा पुगे । वेईले प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मासँग शिष्टचार भेट गरे । शिष्टाचार भेटका क्रममा प्रधानमन्त्री ओलीले आफूले गरेको चीन भ्रमणका क्रममा भएको ‘व्यापार र पारवहन सम्झौता’ र अन्य द्विपक्षीय उच्चस्तरीय भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयनका क्रममा रहेको अवगत गराए ।

भेटमा सहभागी प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा राजन भट्टराईका अनुसार प्रधानमन्त्री ओलीले गत वर्ष नेपालका भएको चिनियाँ राष्ट्रपति सी चीन फिङको ऐतिहासिक र सफल भ्रमणको स्मरण गरे । प्रधानमन्त्री ओलीले नेपाल समृद्धिका क्षेत्रमा चीनको विकास र सफलताबाट सिक्न चाहेको पनि जनाए ।

प्रत्युत्तरमा चिनियाँ मन्त्री वेइले नेपालसँग भएका सम्झौताको कार्यान्वयनमा आफ्नातर्फबाट कुनै समस्या नरहेको उल्लेख गर्दै दुवै देश शान्तिका पक्षमा रहेकाले कुनै एक र अर्को देशसँगको सम्बन्धमा तेस्रो मुलुकको सम्बन्धलाई जोड्न नहुने बताए ।

प्रधानमन्त्री ओलीसँगको शिष्टाचार भेटवार्ता पछि वेई राष्ट्रपति कार्यालय शितल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरे । राष्ट्रपति कार्यलयबाट वेई सिधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७