काठमाडौंमा चिनियाँ रक्षामन्त्री वेइको एक दिन {फोटो फिचर}


१४ मंसिर २०७७, आईतवार
chinese defence minister wei fenghe in nepal

काठमाडौँ । चिनियाँ स्टेट काउन्सिलर एवं रक्षामन्त्री वेइ फेङ्हे एक दिने भ्रमणको व्यस्त तालिका लिएर आइतबार काठमाडौं उत्रिए । रक्षामन्त्री वेई २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट आइतबार बिहान पौने ११ बजेतिर काठमाडौँ उत्रिएका थिए ।

नेपाल–चीन सम्बन्धको ६५औं वर्षगाँठका अवसरमा नेपाल आएका हुन् । रक्षामन्त्री वेइलाई गृहमन्त्री रामबहादुर थापा, रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे, नेपाली सेनाका रथी प्रभुराम शर्मा, नेपालका लागि चीनका राजदूत हउ यान्छी, परराष्ट्र मन्त्रालयका सहसचिव कालिप्रसाद पोखरेललगायतले स्वागत गरे । रक्षा मन्त्री वेई विमानस्थलबाट सिधै बालुवाटारस्थित चिनियाँ राजदूतावास गए । दूतावासमा केहीबेर बसेपछि रक्षामन्त्री वेई दिउँसो नेपाली सेनाको मुख्यालख पुगेका थिए ।

वेईलाई नेपाली सेनाको एक टुकडीले सैनिक मुख्यालय जंगी अड्डामा सम्मान गारद (गार्ड अफ अनर) प्रदान गरेको थियो । यसपछि वेईले प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।

जंगी अड्डाको भेटघाट सकिएपछि वेई प्रधानमन्त्री निवास बालुवाटारमा पुगे । वेईले प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मासँग शिष्टचार भेट गरे । शिष्टाचार भेटका क्रममा प्रधानमन्त्री ओलीले आफूले गरेको चीन भ्रमणका क्रममा भएको ‘व्यापार र पारवहन सम्झौता’ र अन्य द्विपक्षीय उच्चस्तरीय भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयनका क्रममा रहेको अवगत गराए ।

भेटमा सहभागी प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा राजन भट्टराईका अनुसार प्रधानमन्त्री ओलीले गत वर्ष नेपालका भएको चिनियाँ राष्ट्रपति सी चीन फिङको ऐतिहासिक र सफल भ्रमणको स्मरण गरे । प्रधानमन्त्री ओलीले नेपाल समृद्धिका क्षेत्रमा चीनको विकास र सफलताबाट सिक्न चाहेको पनि जनाए ।

प्रत्युत्तरमा चिनियाँ मन्त्री वेइले नेपालसँग भएका सम्झौताको कार्यान्वयनमा आफ्नातर्फबाट कुनै समस्या नरहेको उल्लेख गर्दै दुवै देश शान्तिका पक्षमा रहेकाले कुनै एक र अर्को देशसँगको सम्बन्धमा तेस्रो मुलुकको सम्बन्धलाई जोड्न नहुने बताए ।

प्रधानमन्त्री ओलीसँगको शिष्टाचार भेटवार्ता पछि वेई राष्ट्रपति कार्यालय शितल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरे । राष्ट्रपति कार्यलयबाट वेई सिधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गए ।

हेर्नुहोस् फोटो फिचर :

Pro Ktm Tia chinesedefenceministerweifenghe8 2
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बाहिरिदैतस्वीर :- प्रदीपराज वन्त/रासस
Pro Ktm Tia chinesedefenceministerweifenghe2 1
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वगत गर्दै गृहमन्त्री रामबहादुर थापा बादल । तस्वीर :- प्रदीपराज वन्त/रासस
Pro Ktm Tia chinesedefenceministerweifenghe3 1
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कुम जोडेर स्वागत गर्दै गृहमन्त्री रामबहादुर थापा बादल । तस्वीर :- प्रदीपराज वन्त/रासस
Chinese State Councillor and Defence Minister Wei Fenghe and Home Minister of Nepal
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वगत गर्दै गृहमन्त्री रामबहादुर थापा बादल । तस्वीर :- प्रदीपराज वन्त/रासस
Chinese State Councillor and Defence Minister Wei Fenghe In Nepal
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा वेइ । तस्वीर :- प्रदीपराज वन्त/रासस
Chinese State Councillor and Defence Minister Wei Fenghe in Nepal Visit
नेपाली सेनाको मुख्यालयमा तस्वीर :- प्रदीपराज वन्त/रासस
Chinese State Councillor and Defence Minister Wei Fenghe in Kathmandu
नेपाली सेनाको मुख्यालयमा
Chinese State Councillor and Defence Minister Wei Fenghe with Nepali sena
नेपाली सेनाको मुख्यालयमा
Chinese State Councillor and Defence Minister Wei Fenghe with Nepal army
नेपाली सेनाको मुख्यालयमा
Chinese State Councillor and Defence Minister Wei Fenghe and Nepali PM KP sharma Oli
प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टचार भेटघाटको क्रममा । तस्वीर : प्रधानमन्त्रीको निजी सचिवालय
kp sharma oli and chinese difense minister 1
प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टचार भेटघाटको क्रममा । तस्वीर : प्रधानमन्त्रीको निजी सचिवालय
Chinese State Councillor and Defence Minister Wei Fenghe and Nepali PM KP sharma Oli Nepal
प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टचार भेटघाटको क्रममा । तस्वीर : प्रधानमन्त्रीको निजी सचिवालय

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७