घुस मागेको अन्य मुद्दाका लागि फोन वार्ता रेकर्डलाई प्रमाणको मान्यता


१५ मंसिर २०७७, सोमबार
phone

काठमाडौं, १५ मंसिर । फोन वार्ता रेकर्ड गरी लिपिबद्ध गरेको विषयलाई कुनै मुद्दामा महत्वपूर्ण प्रमाणका रुपमा लिन मिल्ने सिद्धान्त सर्वोच्च अदालतले प्रतिपादन गरेको छ ।

तत्कालीन कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी र न्यायाधीश सपना प्रधान मल्लको संयुक्त इजलासले त्यस्तो सिद्धान्त प्रतिपादन गरेको हो ।

काठमाडौं जिल्लास्थित बूढानीलकण्ठ नगरपालिका–१२, १३ र १४ का तत्कालीन संयुक्त वडा सचिव श्याम अधिकारविरुद्ध भएको भ्रष्टाचार (घुस) मुद्दामा सिद्धान्त प्रतिपादन गर्दै सर्वोच्चले फोन वार्ता रेकर्ड गरी लिपिबद्ध गरिएको विषयलाई कुनै पनि मुद्दामा महत्वपूर्ण प्रमाणका रुपमा लिन मिल्ने उल्लेख गरेको हो ।

सर्वोच्चको फैसलामा भनिएको छ– ‘विज्ञान र प्रविधिको सहायताले आफूसँग घुस रिसवत मागेको बोली बोलेको, फोन वार्तालाई रेकर्ड गरिएको र सोलाई प्रविधिको मद्दतले लिपिबद्ध गरी प्रमाणको रुपमा पेस गरेकोलाई न्याय निरोपण गर्दा महत्वपूर्ण प्रमाणकै रुपमा मूल्याङ्कन गर्नुपर्छ ।’

सेवाग्राहीले मोही लगत कट्टाको सिफारिस गरी पाउन निवेदन दिएकोमा तत्कालीन वडा सचिव अधिकारीले घुस मागी काम गर्न आलटाल गरेको आरोप लगाइएको थियो । सो कुरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लिखित जानकारी गराएपछि कारबाही प्रक्रिया अगाडि बढेको थियो । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७