काठमाडौंमा कुरिलो किलोकै ५ हजार रुपैंयाँ


१५ मंसिर २०७७, सोमबार
kuril

काठमाडौं, १५ मंसिर । कुरिलोको भाउ किलोकै ५ हजार रुपैंयाँ पुगेको छ । मागमा भएको अत्याधिक बृद्धि र उत्पादनको सीमितताका कारण भाउ एक्कासी बढेको हो ।

अफ सिजन भएकाले यतिबेला बजारमा कुरिलो थोरै मात्रामा पाइन्छ । त्यसको फाइदा उठाउँदै व्यापारीले अस्वभाविक मूल्य लिन थालेका हुन् ।

‘कुरिलो सिजनल हो, बजारमा कहिले आउँछ, कहिले आउँदैन’, कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले भने,‘बजारमा पाइने कुरिलो काठमाडौं भित्रको हो । थोरै आउँछ एकैछिनमा विक्री हुन्छ ।’

समितिको तथ्यांक अनुसार गत जेठमा कुरिलो प्रतिकिलो न्यूनतम २ सय ५० देखि ३ सय २५ रुपैंयाँ (होलसेल मूल्य) थियो । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७