नाइजेरियामा ४३ कृषि मजदुरको बीभत्स हत्या, खेतमा काम गरिरहेका बेला बाँधेर घाँटी रेटियो


१५ मंसिर २०७७, सोमबार
3bcfa421b7ff55965a901fc916539cb4 w1000 h500 cp

काठमाडौं, १५ मंसिर । उत्तर–पूर्व नाइजेरियामा कम्तीमा ४३ जना कृषि मजदुरको बीभत्स हत्या गरिएको छ ।

मिडिया रिपोर्टका अनुसार शनिबार धान खेतमा काम गरिरहेका मजदुरलाई आक्रमणकारीले बाँधेर घाँटी रेटेका हुन् । यो हमला बोर्नाे राज्यको राजधानी मेडुगुरी नजिक भएको हो । यस क्षेत्रमा बोको हराम र इस्लामिक स्टेट पश्चिम अफ्रिकासँग सम्बन्धित चरमपन्थी सक्रिय छन् ।

यस हमलालाई केही महिनायताकै सबैभन्दा बीभत्स भनिएको छ । शनिबार भएको त्यस आक्रमणलाई त्यहाँका राष्ट्रपतिले ‘पागलपन’को संज्ञा दिएका छन् । अहिलेसम्म हमलाको कुनै संगठनले जिम्मेवारी लिएको छैन ।

नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले हमलाको भत्र्सना गर्दै भनेका छन्, ‘मेहनती मजदुरविरुद्ध गरिएको यस आक्रमणको जित निन्दा गरे पनि कम हुन्छ । यो लज्जानक हत्याले पूरै देश शोकमा परेको छ ।’

समाचार एजेन्सी एएफपीले केही प्रत्यक्षदर्शीैको भनाइ उधृत गर्दै लेखेको छ, ‘हामीले अहिलेसम्म ४३ वटा शव फेला पारेका छौं । सबैको काटेर हत्या गरिएको छ ।’ अझै केही मजदुर बेपत्ता रहेको बताइएको छ ।

एएफपीको रिपोर्टअनुसार ती मजदुर नाइजेरियाको उत्तर पश्चिमी राज्य सोकोतोबाट करिब हजार किलोमिटर टाढा उत्तर पूर्वस्थित बोर्नाे राज्यमा रोजगारीका लागि गएका थिए । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७