म्याराडोनाप्रति मेसीको भावुक श्रद्धाञ्जली


१५ मंसिर २०७७, सोमबार
thumb 11

काठमाडौं, १५ मंसिर । स्पेनी ला लिगामा बार्सिलोनाले आइतबार ओसासुनालाई सजिलै ४–० ले हरायो र त्यसमा लियोनल मेसीले दिवंगत डिएगो म्याराडोनामाथि भावपूर्ण श्रद्धाञ्जली प्रकट गरेका छन् ।

messi tributes 30112020023544 1000x0 1

टिमका लागि उत्कृष्ट प्रदर्शन गरेका मेसीले दोस्रो हाफमा व्यक्तिगत उत्कृष्ट गोल पनि गरे ।
बार्सिलोनाका लागि मार्टिन ब्रेथ्वाइट, एन्टोन ग्रिजमन र फिलिपे कोउटिन्होले पनि गोल गरे । मेसीले भने चौथो गोल गरेयता आफ्नो बार्सिलोनाको जर्सी फुकाले र आफ्नो घरको क्लब न्युवेल्स ओल्ड ब्वाइजको रातो तथा कार्लो धर्के जर्सी प्रदर्शन गरे । त्यो १० नम्बर अंकित थियो ।

सन् १९९३ मा म्याराडोनाले छोटो समयका लागि यस रोसारियो क्लबबाट पनि खेलेका थिए । खेल अगाडि क्याटलान क्लब आफैले म्याराडोनाप्रति श्रद्धाञ्जली व्यक्त गरेको थियो र यसक्रमा एक मिनेटको मौन धारण पनि राखिएको थियो । म्याराडोनाले सन् १९८२ देखि १९८४ सम्म बार्सिलोनाका लागि खेलेका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७