आज देशभर घाम लाग्ने, भोलिदेखि मौसममा बदली आउने


१५ मंसिर २०७७, सोमबार
sky clear

काठमाडौं, १५ मंसिर । आज (सोमबार) काठमाडौं उपत्यकासहित देशघर घाम लागेर मौसम घमाइलो हुने मौसमविद्ले बताएका छन् ।

आज पनि हिजो जस्तै देशका अधिकांश ठाउँमा घाम लाग्ने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिएकी छिन् । आज काठमाण्डौको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ ।

अधिकतम तापक्रम भने २० देखि २२ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ । यस्तै भोलि बेलुकादेखि भने देशका केही ठाउँको मौसम बद्ली हुन सक्ने पूर्वानुमान गरिएको छ ।
स्थानीय वायुको प्रभावका कारण भोलि बेलुकादेखि मौसम बद्ली हुने तर पानी भने नपर्ने मौसमविद् मानन्धरले जानकारी दिएकी छिन् ।

‘तराईका जिल्लामा अहिलेसम्म त्यति धेरै हुस्सु देखिएको छैन । तर घाम लागेपछि भिजिबिलिटी कम हुनसक्छ’, मानन्धर भन्छिन्, ‘आजका लागि खासै बदली नदेखिए पनि भोलि र पर्सी बादल लाग्ने देखिएको छ । त्यसैले उक्त समयमा भने भिजिबिलिटी कम हुनसक्छ । त्यसको असर सडक तथा हवाई यातायातमा पर्न सक्छ ।’

जल तथा मौसम विज्ञाव विभागका अनुसार आगामी २४ घण्टामा देशका धेरै स्थानमा वायुको तापक्रममा गिरावट आउने छ । तराई भू–भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

भोलि साँझबाट मौसममा बदली आउने र जसका कारण तराईका जिल्लामा भिजिबिलिटी कम हुँदै जाने मौसमविद् मानन्धरको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७