दुई अध्यक्षले निर्णय गरे दोस्रो पुस्ता पार्टी र सरकार चलाउन सक्षम छ : अनन्त


१५ मंसिर २०७७, सोमबार
Barsaman pun urjamantri

रोल्पा, १५ मंसिर । नेपाल कम्युनिस्ष् पार्टी (नेकपा) का स्थायी कमिटीका सदस्य तथा ऊर्जामन्त्री वर्षमान पुनले दुई अध्यक्षले निर्णय गरे दोस्रो पुस्ता पार्टी र सरकार चलाउन तयार अनि सक्षम रहेको बताएका छन् ।

रोल्पामा विद्युतीय सबस्टेसनको उद्घाटन गर्दै मन्त्री पुनले सो भने, ‘पार्टीका दुवै अध्यक्ष तथा प्रधानमन्त्रीले पनि छाड्छु भन्नुहोस् । हामी दोस्रो पुस्ताका दुवै पद लिन र चलाउन सक्षम र तयार छौँ’, उनले तर यो विषय आवेश र उत्तेजनाको आधारमा नभई पार्टीको विधि र प्रक्रियाबाट औपचारिक निर्णयबाट हुनुपर्ने बताएका छन् ।

सत्तारुढ दल नेकपाभित्र शक्ति संघर्ष चर्किदै गहिरिंदै गरेका बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गर्ने बताएका छन् ।

यसअघि पनि महासचिव विष्णु पौडेलले सचिवालयको अहिलेको विवादको कारण भएको भन्दै सबैले राजीनामा दिएर नयाँ पुस्तामा जानुपर्ने बताएका छन् । कार्यक्रममा ऊर्जामन्त्री पुनले नेकपाभित्र देखिएको विवादको प्रति देशभर नै चासो रहेको बताए ।

‘नेकपा विभाजित हुन्छ र देशमा फेरि राजनीतिक रुपमा अस्थिर हुन्छ कि चित्ता छ । सत्तारुढ दलभित्र विवाद भएको कारण चासो पनि छ’, पुनले भने, ‘त्यस्तो अवस्थामा आउन नदिनका लागि हामी सबैले प्रयास गरिरहेका छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७