प्रतितोला ७०० ले घट्यो सुनको मूल्य


१५ मंसिर २०७७, सोमबार
gold

काठमाडौं, १५ मंसिर । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य पुनः ओरालो लागेको छ । आज सुनको मूल्य प्रतितोला रु ७०० ले ओरालो लागेको छ ।

यही मंसिर १ गतेदेखि लगातार ओरालो लागेको सुन आजसम्म आइपुग्दा रु पाँच हजार १०० ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । छापावाला सुन आज प्रतितोला रु ९० हजारमा कारोवार भएको छ । आइतबार छापावाला सुन प्रतितोला रु ९० हजार ७०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन आज प्रतितोला रु ८९ हजार ५५० मा कारोवार भएको छ । आइतबार प्रतितोला रु ९० हजार २०० मा कारोवार भएको थियो । आइतबारको तुलनामा तेजाबी सुन प्रतितोला रु ६५० ले घटेको हो । यस्तै चाँदी समेत आज प्रतितोला रु ३० ले घटेको छ । आइतबार प्रतितोला रु एक हजार १५० मा कारोवार भएको चाँदी आज प्रतितोला रु एक हजार १२० मा खरीदबिक्री भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७