कोरोनाबाट पोखरामा थप चार जनाको मृत्यु


१५ मंसिर २०७७, सोमबार
korona covid scaled

पोखरा, १५ मंसिर । कोरोना भाइरस संक्रमणबाट कास्कीको पोखरामा थप चार जनाको ज्यान गएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जना र चरक मेमोरिय अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखरा महानगरपालिका–३ का ६५ वर्षीय पुरूषको उपचारको क्रमममा आइतबार दिउँसो ४ः३३ बजे मृत्यु भएको उनले बताए । उनीमा मंसिर ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै पोखरा महानगरपालिका–१८ का ५१ वर्षीय पुरूषको प्रतिष्ठानमै आइतबार राति ९ः४५ बजे मृत्यु भएको उनले बताए । उनीमा मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै पोखराकै स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्याङ्जाको वालिङ नगरपालिका–१४ का ६७ वर्षीय पुरूषको उपचारको क्रममा सोमबार बिहान २ः१० बजे मृत्यु भएको डा. शर्माले बताए । उनीमा मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

पोखरास्थित चरक मेमोरियल अस्पतालमा पोखरा महानगरपालिका–१६ की ५७ वर्षीया महिलाको उपचारको क्रममा सोमबार बिहान ४ बजे मृत्यु भएको उनले बताए । उनीमा मंसिर १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७