अब प्रधानमन्त्री पनि ‘टिकटक’ मा


प्रकाशित मिति : November 30, 2020

काठमाडौं, १५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकप्रिय भिडियो शेयरिङ एप ‘टिकटक’ मा खाता खोलेका छन् ।

प्रधानमन्त्रीको @kpsharmaoli_official ह्याण्डल सञ्चालनमा आएको हो । उनको खाता ‘भेरिफाइड’ समेत भइसकेको छ ।

उनले टिकटकमा राखेको भिडियोलाई अहिलेसम्म एक लाख ६९ हजारभन्दा धेरैले हेरेका छन् । त्यो भिडियोलाई १२ हजार जनाले लाइक गर्दा दुई सयभन्दा बढी शेयर गरेका छन् । उनको खातालाई अहिलेसम्म दुई हजार दुई सयभन्दा बढीले फलो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्