हेलिकप्टरबाट सुत्केरीको उद्धार


१५ मंसिर २०७७, सोमबार
TakamKot helicopter

भोजपुर, १५ मंसिर । बर्थिङ सेन्टरमा सुत्केरी भएपछि अत्यधिक रक्तश्राव भएर सिकिस्त बिरामी परेकी एक महिलालाई हेलिकप्टरबाट उद्धार गरिएको छ ।

गए राति शिशु जन्माएकी भोजपुर नगरपालिका– ४ सिद्धेश्वरकी ३२ वर्षीया पवित्रा श्रेष्ठको आज अपराह्न उद्धार गरिएको हो ।

श्रेष्ठलाई एम्बुलेन्सबाट अन्य सुविधासम्पन्न ठाउँमा लैजान समस्या भएपछि काठमाडौँबाट हेलिकप्टर मगाएर राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएको हो । उद्धार गरेर थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको भोजपुरका प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७