चितवनमा बिपी स्मृति भवन शिलान्यास


१५ मंसिर २०७७, सोमबार
NarayanAdhikari Chitwan RSS 15 IMG 70842

चितवन, १५ मंसिर । वरिष्ठ समाजसेवी मैयाँदेवी श्रेष्ठले बिपी स्मृति भवन निर्माणका लागि भरतपुर महानगरपालिका–११ मा करीब १३ धुर जमीन उपलब्ध गराएकी छिन् ।

नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले आज भवनको शिलान्यास गर्दै समाजसेवी मैयाँदेवीले कांग्रेसको केन्द्रीय कार्यालयदेखि जिल्ला र वडासम्मलाई जग्गा उपलब्ध गराएर सहयोग गरेको बताए ।

काँग्रेस भरतपुर–११ ले निर्माण गर्न लागेको भवनका लागि पार्टीले आवश्यक सहयोग गर्ने जानकारी उनले दिए । पार्टी वडा समितिका उपसभापति महेश्वर ढकालका अनुसार सो भवन रु एक करोडको लागतमा अत्याधुनिक तीन तलाको हुने छ ।

भवन निर्माणका लागि समाजसेवी श्रीप्रकाश कँडेलको संयोजकत्वमा आर्थिक समिति र कविराज अधिकारीको संयोजकत्वमा निर्माण समिति गठन गरिएको छ । सोही भवनको नजिक तीन वर्षअघि समाजसेवी मैयाँदेवीले नै उपलब्ध गराएको जमिनमा नेपाल प्रेस युनियनले ‘मैयाँदेवी सूचना केन्द्र ’निर्माण गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७