मुक्तिनाथ विकास बैंकले शिलान्यास गर्यो आफ्नै भवन


१५ मंसिर २०७७, सोमबार
muktinath bikash bank

काठमाडौं, १५ मंसिर । मुक्तिनाथ विकास बैंकले काठमाडौं महानगरपालिका वडा नं. ३ लाजिम्पाटस्थित आफ्नै जग्गामा केन्द्रीय कार्यालय भवन निर्माणको लागि भूमी पूजा तथा भवनको शिलन्यास गरेको छ ।

बैंकको सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालले भूमी पूजा तथा शिलन्यास गर्नु भएको हो । विकास बैंकले छिट्टै भवन निर्माण सम्पन्न गरी आफ्नै भवनमा केन्द्रीय कार्यालय स्थानान्तरण गरी सेवालाई थप स्तरीयता र सवल बनाउन सहज हुनेछ भने बैंकको केन्द्रीय कार्यालयले स्थायित्व पाउने छ ।

उक्त शिलन्यास कार्यक्रममा बैंकका संचालक समितिका सदस्यहरु, सेयरधनी तथा ग्राहकहरु र कर्मचारीहरु उपस्थित रहेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७